बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
491

झापा।

 

झापाको कनकाई नगरपालिका–३ पबित्रा पेट्रोल पम्पस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कन्काई नगरपालिका ६ का ६० बर्षीय कबिराज बोहोरा रहेका छन् ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडीवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनाबाट बोलेरोमा सवार चार जना यात्री समेत घाईते भएका छन् घाईतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

बोलेरो र चालक इलाम देउमाई नगरपालिका १ का २७ बर्षीय निमेश गुरुङ इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here