२६० कुकुरको बन्ध्याकरण

९ मंसिर २०७८, बिहीबार मा प्रकाशित

बिर्तामोड ।

बिर्तामोडमा गत मंसीर ५ गते शुक्रवारदेखि शुरु भएको सामुदायिक कुकुर बन्ध्याकरण शिविर सम्पन्न भएको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षी तथा मत्स्य विकास शाखाले नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरेको वन्ध्याकरण शिविर बुधबार सम्पन्न भएको हो ।

शिविरमा भाले कुकुर ९० र पाथी कुकुर १५२ वटा गरी २६० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको जनाइएको छ । शिविरमा सडकबाट उठाएर ल्याइएका १७ वटा सामुदायिक कुकुरलाई भने मारिएको छ । क्यान्सर लगायतका रोगबाट पीडित रहेका ती कुकुरहरुलाई औषधिको माध्यमबाट मुक्ति दिएको हिमालयन एनिमल रेस्क्यु ट्रष्टका सञ्चालक खगेश्वर भट्टराईले जानकारी दिए । उनले रोग अन्य कुकुरहरुमा समेत सर्ने भएकाले उनीहरुलाई मुक्ति दिन बाध्य भएको बताए ।

शिविरमा बन्ध्याकरण गरिएका सबै कुकुरहरुलाई रेविजविरुद्वको खोप समेत लगाइएको छ । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुरको संख्या नबढोस् भनेर विगत ४ वर्षदेखि वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । शिविरमा हिमालयन एनिमल रेस्क्यु ट्रष्टका १२ जनाको टोलीले काम गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here