झापा बुद्धशान्ति १ का २८ वर्षिय मगर एक महिनादेखि बेपत्ता

0
420

बुधबारे।

झापा बुद्धशान्ति १ बुधबारे बजारका २८ वर्षिय प्रबिन मगर एक महिनादेखि बेपत्ता भएका छन् ।

मजदुरी गर्न गत कार्तिक ७ गते रामेछाप पुगेका उनी त्यसको भाेली कार्तिक ८ देखि बेपत्ता भएकाे परिवारले जनाएको छ ।
रामेछापको उमकुन्द गाउँपालिका २ पुगेका उनी त्यहाँ पुगेकाे भाेली पल्ट देखि बेपत्ता भएका उनकी आमा पद्मा समाल मगरले जानकारी दिइन् ।

साथीहरूसँग काम गर्ने भनेर मगर रामेछाप गएका थिए । उनकी आमा समालले छाेराकाे खाेजि गरिदिन सबैसँग अनुरोध गरेकि छन् । उनी छाेरा हराएका दिनदेखि छाेरा आउने पर्खाइमा गहभरि आँसु बाेकेर बसेकि छन् । उनले छाेराकाेबारे केही जानकारी भए आफ्नो माेवाइल नम्बर ९८२४९४४५२५ मा वा प्रहरीमा खबर गरिदिन अनुराेध गरेकि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here