सभापति पदका लागि थेवे र कट्टेल भिड्दै : भोलि हुने निर्वाचका लागि मनोनयन पत्र दर्ता

0
820

झापा ।

नेपाली कांग्रेस झापाको १४ औं अधिवेशन अन्तरगत मांसीर १० गते हुने निर्वाचनका लागि देउकुमार थेवे र राम कट्टेल नेतृत्वममा रहेका दुई वटा समूहले आज मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस झापाको पार्टी कार्यालयमा पुगेका कृष्ण प्रसाद सिटौला समर्थित सभापति पदका उम्मेद्वार थेवे र विश्वप्रकाश शर्मा समर्थित सभापति पदका उम्मेद्वार कट्टेलले प्रमुख निर्वाचन अधिकृत सुवोधवावु चिलवालसमक्ष मनोनयन पत्र दर्ता गराएका हुन् । सभापति पदका उम्मेद्वार थेवे १२ औ महाधिवेशनमा उपसभापति र कट्टेल १३ औं महाधिवेशनका उपसभापति हुन् ।

सभापति पदका उम्मेद्वार थेवेको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे छन् । त्यस्तै सचिवमा कृष्ण हुमागाँई र नवीन बिमली, सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेदवार रहेका छन् ।

यता सभापति पदका अर्का उम्मेद्वार कट्टेल समूहबाट उपसभापति पदमा केदार शम्शेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेदवार रहेका छन् । त्यस्तै सचिवमा विश्वदीप लिङ्देन लिम्बू र टोम राजवंशीको उम्मेदवारी परेको छ भने सहसचिव पदमा उमाराम प्रसाई र पदम लिम्बूको उम्मेदवारी परेको छ ।

१४ औं महाधिवेशन अन्तर्गत काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् । जसमा क्षेत्र नम्वर १ बाट ६ सय १७ जना, २ बाट ६ सय ४ जना, क्षेत्र नम्वर ३ बाट ६ सय ६२ जना, क्षेत्र नम्वर ४ बाट ७ सय ६२ जना र क्षेत्र नम्वर ५ बाट ७ सय ४४ जना क्षेत्रीय प्रतिनिधिले जिल्लाको नेतृत्व चयन गर्न मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here