युवालाई पलायन हुन नदिन जैविक कृषि र व्यवहारिक शिक्षा लागू गरिनुपर्ने : प्रदेश प्रमुख खापुङ

११ मंसिर २०७८, शनिबार मा प्रकाशित

खोटाङ,

प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले जैविक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरब जाने युवालाई स्वदेशमै रोक्न सकिने बताउनुभएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम् ट्रेडिङ सेन्टर तथा जैविक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे शुक्रबार शुभारम्भ गर्दै उहाँले जैविक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्नसके देशका नौजवान रोजगारीका लागि अरब जान नपर्ने बताउनुभएको हो ।

उक्त फाउण्डेसनले सञ्चालन गरेको वैकल्पिक शिक्षा अभियान देशको भविष्यका साथै जनताको सुख, शान्ति र समृद्धि र रोजगारीसँग पनि गाँसिएको छ प्रदेश प्रमुख खापुङले भन्नुभयो ।

विश्वव्यापीकरणका कारण आगामी केही वर्षभित्र हाम्रै देशका नागरिक पनि अमेरिका, अष्ट्रेलिया, लण्डनजस्ता मुलुक घुम्न जानु रुचिको विषय हुनसक्ने पनि हुने उहाँको भनाइ थियो । “हामीले प्रयास ग¥यौँ भने अहिलेको जस्तो बाध्यात्मक अवस्था अन्त्य हुन्छ”, प्रदेश प्रमुख खापुङले भन्नुभयो, “यो अभ्यास शुभम् फाउण्डेशनले सुरु गरेको छ ।

आगामी दिन यसकोे अनुशरण सबैले गर्नुपर्छ ।” शुभम्् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवनमा कस्टम हायरिङ सेन्टरसमेत सञ्चालनमा ल्याइएको फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताउनुभयो ।

उक्त भवन आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष गरेर मध्यपहाडी लोकमार्गमा निर्माण गरिएको छ । व्यवहारिक शिक्षा लागू गरिएको शुभम्् फाउण्डेशन घुम्न आउने पर्यटकका लागि नजिकै रहेको पुरानो घरलाई मर्मत गरेर घरबास सञ्चालनमा ल्याइएको हो ।

घरबास र टेण्टमा कम्तीमा ५० जना पाहुनालाई बास राख्न सकिने फाउण्डेसनका संस्थापक एवं कृषिविज्ञ मदन राईले बताउनुभयो । शुभम् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन निर्माणका लागि प्रदेश सरकारको रु २० लाखका साथै फाउण्डेनको लगानी तथा श्रमदानगरी करिब रु ८० लाख खर्च भएको जनाइएको छ ।

फाउण्डेशनले विभिन्न जिल्लाका असहाय तथा गरिब बालबालिकालाई जम्मा गरेर व्यवहारिक शिक्षा दिँदै आएको छ । कुटोकोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिँदै आएको फाउण्डेशनमा विभिन्न ५२ जिल्लाका २०० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here