बबिताको ‘कृष्ण मुरारी’ सार्वजनिक

१४ मंसिर २०७८, मंगलवार मा प्रकाशित

झापा ।

झापाको बिर्तामोड–१ निवासी गायिका बबिता लम्सालले नयाँ गित सार्वजानिक गर्नुभएको छ । संगीतमा रुचि राख्ने उहाँले आफ्नै स्वरमा ‘कृष्ण मुरारी’ बोलको भजन सार्वजनिक भएको छ ।

तुलसीप्रसाद भट्टराईको शब्दमा रहेको सो भजन गायक तथा संगीतकार कृष्ण भण्डारीले संगीत गर्नुभएको हो । जोनि योन्जन तामाङ्को एरेन्ज रहेको रचनालाई तिलक रिजालले सम्पादन गर्नुभएको छ ।

सन लाईट रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको भजनलाई कृष्ण भण्डारी नामको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ। घरको गृहणी भएरपनि संगीतमा रुचि रहेकाले आफ्नै स्वरमा भजन गाँउन सफल भएको र परिवारको पूर्ण सहयोग रहेको उहाँको भनाई छ ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here