शनिश्चरेमा शिक्षा बहुउद्धेश्यीयको प्रतिनिधि छनौट कार्य सम्पन्न

१४ मंसिर २०७८, मंगलवार मा प्रकाशित

अर्जुनधारा ।

झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार शनिश्चरे सदस्य सेवा केन्द्रबाट प्रतिनिधि छनौट गर्ने कार्य सम्पन्न गरेको छ ।

संस्थाको यही मंसीर २४ गते हुने नवौं वार्षिक साधारण सभाको लागि प्रतिनिधिहरु छनौट गरिएको संस्था सञ्चालक समितिका अध्यक्ष सुव्रत न्यौपानेले बताए ।

अर्जुनधारा–८ वडा समितिका अध्यक्ष गोपीचन्द्र गौतमको प्रमुख आतिथ्यमा स्थानीय सामुदायिक भवनमा आयोजित कार्यक्रममा सभाध्यक्ष एवम् समितिका अध्यक्ष न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको शेयर पूँजी दुई करोड ६९ लाख ९८ हजार सात सय रुपैयाँ, कोष हिसाबमा एक करोड ३७ लाख ८४ हजार दुई सय ७५ रुपैयाँ छ पैसा, कर्जा लगानी १६ करोड ९२ लाख ५० हजार तीन सय पाँच रुपैयाँ ७२ पैसा, बचत संंकलन १४ करोड ५० लाख ८३ हजार छ सय सात रुपैयाँ १७ पैसा उल्लेख गरिएको छ ।

त्यसैगरी संस्थाको गत आर्थिक वर्ष ०७७/०७८को जम्मा आम्दानी दुई करोड ८३ लाख नौ हजार दुई सय ६९ रुपैयाँ ४१, जम्मा खर्च दुई करोड ५८ लाख नौ हजार सात सय रुपैयाँ ८६ पैसा र नाफा २४ लाख ९९ हजार पाँच सय ६८ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै संस्थाले चालु आर्थिक वर्ष ०७८/०७९को लागि अनुमानित तीन करोड ८७ लाख पाँच हजार पाँच सय रुपैयाँ बराबरको आम्दानी गरी ४१ लाख ६२ हजार तीन सय ९२ रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ ।

साधारण सभामा विभिन्न व्यक्तित्व र संस्थालाई पुरस्कृत एवम् सम्मानित गर्ने कार्यक्रम रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिकी सदस्य चीजा राईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव दीपेशकुमार द्यौरालीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here