काठमाण्डाै,
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।
चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गर्नुभएको छ भने रावलले दुई सय १३ मत ल्याउनुभएको हो ।
अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराउनुभएको हो ।
ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जित्नुभएको थियो ।
दशाैँ महाधिवेशनमा पदाधिकारीका लागि भएको मतदानको गणना भइरहेको छ ।-उज्यालो अनलाइनबाट
प्रतिकृया व्यक्त गर्नुहोस् ।