स्थानीयले दिए सिरिजङ्गा स्पोटिङ्ग क्लबका खेलाडीलाई खेल सामग्री

१४ मंसिर २०७८, मंगलवार मा प्रकाशित

भद्रपुर ।

भद्रपुर ३ ज्ञानेचोकस्थित सिरिजङ्गा स्पोटिङ्ग क्लबका खेलाडीहरूलाई खेल सामग्री वितरण गरिएको छ ।

स्थानीय समाजसेवीहरू कमल लवङ्गवा लिम्बू, हेम कार्की र राधा कार्कीले क्लबका खेलाडीहरूलाई जर्सी, मोजा हेण्डग्लव वितरण गरेका हुन् ।

२०६२ सालमा दर्ता भएको यस क्लबका अध्यक्ष पूर्णमाया लिम्बुको उपस्थितिमा झापा लिंगको लागी छनोट भएका वडा नम्बर १, २, ३ र ४ नम्बर खेलाडीहरूलाई सो सामग्री वितरण गरिएको जनाइएको छ ।

दुई पटक राष्ट्रिय टिमबाट मेचीको प्रतिनिधित्व गरेकी क्लबका अध्यक्ष लिम्बुले यस क्लबलाई स्थानीय सरकारले सहयोग नगरेको गुनासो पोखिन ।

जसले गर्दा क्लबमा आबद्ध खेलाडीहरूले पनि सहयोग नपाएको र अनुशासन समेत गुमाउँदै गएको उनले बताइन् । कार्यक्रमको सहजीकरण क्लबका सचिव हेम राईले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here