बेसहारा महिलालाई मानव सेवा आश्रमको सहारा

१४ मंसिर २०७८, मंगलवार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरको समन्वयमा नगरक्षेत्रमा बेसहारा अवस्थामा रहेकी एक महिलाको उद्धार गरी मानव सेवा आश्रम विराटनगरमा पठाईएको छ ।

वडा नम्बर २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय नजिकै जंगलमा केहि दिनदेखि ती महिला बेसहारा अवस्थामा बस्दै आएकी थिइन ।

सोको जानकारी पाएपछि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाइमा वन समूह अध्यक्ष कावुलबहादुर मगर, इलाका प्रहरी कार्यालय सहितको टोलीले महिलाको संकटपूर्ण अवस्थाका बारेमा अनुगमन गरेर उद्धार गरी आश्रम पठाइएको हो ।

उपप्रमुख वास्तोलाको समन्वयमा यस अघि पनि बेसहारा अवस्थाका मानिसहरुलाई उद्धार गरी मानव सेवा आश्रम सहितका संस्थाहरुमा पठाएर उनीहरुको खाने, वस्ने, स्वास्थ्य र सुरक्षाको प्रवन्ध मिलाइएको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here