व्यवसायी कुमारमणि पोखरेललाई पितृशोक

१४ मंसिर २०७८, मंगलवार मा प्रकाशित

झापा।

कनकाई उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुमारमणि पोखरेललाई पितृ शोक परेको छ ।

मधुमेह, दम र प्यारालाइसिस रोगबाट केही समयदेखि अस्वास्थ रहेका पोखरेलका पिता कुमुन्दिन पोखरेलको ७९ वर्षको उमेरमा भारतको शिलगढीमा उपचारकै क्रममा निधन भएको हो ।

१९९९ साल फागुन ८ गते जन्मिएका पोखरेल प्रजातन्त्रमा विश्वास राख्ने र सामाजिक व्यक्तित्वका रुपमा परिचित थिए ।

पोखरेलकी श्रीमती टिकादेवी सहित चार छोरा वुहारी कुमारमणि– शरला, भरतमणि – दुर्गा, देवमणि –दीप र शिशिर – प्रतिक्षा पोखरेल रहेका छन् ।

सात छोरीहरुमा राधा, सावित्रा, पूजन, सकुन्तला, शान्ता, एलिजा (अनुपा) र रुका रहेका छन् ।

कुमारमणि रोटरी क्लव अफ सुरुङ्गाका पूर्व अध्यक्ष तथा सुरुङ्गा जेसीजका समेत पूर्व अध्यक्ष हुन् भने सरला सुरुङ्गा जेसीजकी पूर्व अध्यक्ष हुन् । पोख्रेलका कान्छा छोरा डा हुन् भने साइला छोरा देवमणि इन्जिनियर हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here