अवैध ब्राउन सुगरसहित २ जना पक्राउ

१४ मंसिर २०७८, मंगलवार मा प्रकाशित

पथरीशनिश्चरे,

अवैध ब्राउन सुगर सहित पक्राउ परेका दूई जनालाई जिल्ला अदालत मोरङ्गमा जिम्मा लगाईएको छ ।

गत ८ गते वेलुकी ८ बजे साँझ पख पक्राउ परेका उनीहरुबाट चेक जाँच गर्ने क्रममा अवैध लागुऔषध ब्राउन सुगर सहित र नगद ५ हजार ५ सय रुपैयाँ सहित पथरीशनिश्चरे नगरस्थित प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

प्रहरीले पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ मा पथरीशनिश्चरे नगरपालिका वडा नं.-९ बस्ने रचन राई र वडा नं.-८ बस्ने झमक बहादुर विष्टलाई ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैध लागु औषध (ब्राउनसुगर जस्तो देखिने ६ ग्राम ८० मिलीग्राम) खैरो पदार्थ र नगद रू ५५००/- (अक्षरूपी-पाँच हजार पाँच सय) सहित नियन्त्रणमा लिई जिल्ला अदालत मोरङ्गमा लागू औषध कसूर मुद्धामा म्याद थप भई थप अनुसन्धान भई रहेको एपीओ,पथरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here