वडा भवन बनाउन जग्गादान

0
441

दमक,

झापाको झापा गाउँपालिका–७ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर थापा मगरले करिब रु ५० लाख मूल्यपर्ने ६ कठ्ठा जग्गा दान गर्नुभएको छ ।

वडा कार्यालय भवन बनाउन जग्गा अभाव भइरहेको बेला आफ्नो परिवारका तर्फ वडालाई जग्गा उपलब्ध गराएको दाता मगरले जानकारी दिनुभयो । भवन नहुँदा वडा कार्यालय भाडाका घरमा लामोसमयदेखि सञ्चालन हुँदै आएको थियो ।

यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण सुरु गरिएको वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here