एनी फाक्तेप गोल्डकपको फाइनलमा धरान सीटीएफसी प्रवेश

0
713

शिवसताक्षी ।

झापाको शिवसताक्षी ७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको फाइनलमा धरान सीटीएफसी प्रवेश गरेको छ ।

बुधबार शिवसताक्षी ७ को बालसेवा आधारभुत बिद्यालयको खेल मैदानमा भएको प्रथम सेमिफाइनल खेलमा पथरी स्पोर्टिङ क्लबलाई १ गोलको बिरुद्ध २ गोल गर्दै धरानले फाइनलको यात्रा तय गरेको हो ।

खेलको २४ औं मिनेटमा पथरीका युकेश तामाङले गोलको खाता खोलेका थिए । निक्कै प्रस्पिर्धातक खेलमा धरानका तर्फबाट मन्दिप राईले ३२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दुवै टिमले राम्रा अवसरहरु प्राप्त गरिरहेका थिए । यत्तिकैमा खेलको ६८ आंै मिनेटमा धरान सिटीका बिबेक राईले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै धरानलाई विजयी गराए ।

आजको खेलको म्यान अफ द म्याच धरान सिटीका विवेक राई घोषित भए । भोलिको दोस्रो सेमिफाइनल खेल तुर्केनी युथ क्लब काँकडभिटा र जलथल एफ.सी. हल्दीबारी बीच हुने आयोजकले जनाएको छ ।

पूर्व खेलाडीहरुलाई सम्मान

प्रथम एनी फाक्तेप गोल्डकपको अवसरमा बुधबार स्थानीय पूर्व फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ । क्लबले फुटबलको क्षेत्रबाट फाक्तेपलाई बिभिन्न जिल्ला हरुमा परिचित गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै क्लबले नगद सहित सम्मान पत्र द्धारा सम्मान गरेको क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङले बताए ।

सम्मानित हुनेमा स्थानीय बुद्धबल शेर्मा लगायत अन्य ५ जना रहेका छन । जसमा त्रिभुवन आर्मी क्लबका पूर्र्व खेलाडी स्थानीय सन्तोष नेपाली ,नेपाल पुलीस क्लबका पुर्ब खेलाडी राजु बुडाथोकी , स्थानीय लोक सम्बाहाम्फे, देउमान सम्बाहम्फे , र भिम खड्का रहेका छन उनहरुलाई सम्मान पत्रद्धारा सम्मानित गरिएको छ भने बुद्धबल शेर्मालाई नगद पाँचहजर सहित एक थान टयक सुट र सम्मान पत्रले सम्मानित गरिएको क्लबका सचिब सन्तोष शेर्माले बताए ।

पाखा लगाउदै कम्तीमा एकाउन्न हजार सुरक्षित गर्न सफल भएको हो । फाइनलमा धरानले भोली को दोस्रो सेमिफाइनलको बिजेता टिम संग प्रतिस्पर्धा गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here