कृषकका समस्याबारेमा पालिका स्तरीय कार्यशाला सम्पन्न

0
845

विमल दहाल, माइ ।

कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर १ तरहरा र माइ नगरपालिका इलामको आयोजनामा बुधबार पालिका स्तरीय कृषि र पशुपालन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा कृषकका समस्याका बारेमा अन्तकृया र स्थलगत जानकारी समेत लिईएको छ।

नगरभित्रका विभिन्न ब्यबसाय गर्दै रहेका ५० जना कृषकहरुको सहभागिता रहेको गोष्ठीमा प्रमुख अतिथि माईका मेयर दिपक कुमार थेवेले सबै कृषकलाई सम्बृद्ध बनाउदै निर्बाहामूखि पेशाबाट व्यवसायमुखि बनाउने कार्यमा नगर प्रयत्नरत रहेको जानकारी दिनुभयो।

मेयर थेबेले कृषि र पशुपालनमा आधुनिकीकरण र प्रबिधि मार्फत माई नगरका नागरिकलाई समृद्ध बनाउन नगर प्रतिबद्ध रहेको जानकारी दिनुभयो। बहाँले माईका किसानलाई ब्यबसाय बिज्ञ बनाउन धान, मकै, केरा, सुपारी, मोरिङ्गो, तरकारी, पशुजन्य र पंक्षीजन्य सम्बन्धि समस्या पहिचान गरि समाधानका लागि बिषयगत तालिमको ब्यबस्था नगरले गर्ने समेत जानकारी दिनुभयो।

कृषि अनुसन्धान निर्देशनालय, तरहराका निर्देशक केशब प्रसाद श्रेष्ठले निर्देशनालय संग प्रविधि छ, किसानले सेवा प्राप्त गर्न सकिरहेका छैनन्, “प्रबिधिको अनुसन्धान र खोज गरी बास्तबिक समस्या समाधान गर्न कार्यशाला आयोजना गरिएको बताउनुभयो” ।

उपमेयर बिष्णुमाया रिमाल, वडाध्यक्षहरु मुखराज आङ्देम्बे, लिला कुमार राई लगायतको सहभागीता रहेको गोष्ठीमा स्थानीय कृषकहरु सुकमाया तामाङ, बिष्णुमाया सुबेदी, भानुभक्त बास्तोला, बिमल आचार्य, अर्जुन थापा, तुल बहादुर तामाङ लगायतले उठाएका समस्यलाई कृषि अनुसन्धान निर्देशनालय तरहराका राष्ट्रिय भैसी अनुसन्धान केन्द्रका संयोजक पवनकुमार झा, बागवानी बैज्ञनिक सन्तोषराज त्रिपाठी, सुरेन्द्र प्रसाद यादव, पशु अनुसन्धान अधिकृत डिल्ली प्रसाद भट्टराई, सुरज कुमार सिंह, कृषि बैज्ञनिकहरु किशोर भण्डारी, शुकराज श्रेष्ठ, धर्मकुमार राई लगायतले सहजीकरण गर्नुभएको थियो।

यसैबीच मेयर थेबे सहित कृषि अनुसन्धान निर्देशनालयको टोलीले माइ–४ को गरुवा च्याउ उधोग, सिंजाली बाख्रा फार्म, राजु टर्की फार्म , लाफा बंगर फार्म र राना राँगा फार्मको स्थलगत निरीक्षण गरी समस्या र समाधानका उपाय वारेमा जानकारी लिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here