मंसिर १७ देखि पुस २ सम्म मतदाता नामावली संकलन गरिने

0
655

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरस्थित मतदाता नामावली संकलनका लागि स्थानीय सहयोग, समन्वय तथा प्रचार प्रसार समितिको आजको बैठकले प्रत्येक वडाको अलग अलग रुपमा भोलीबाट नगरपालिका कार्यालयमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।

प्रदेश निर्वाचन कार्यालयको पत्रानुसार १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिका साथै सो उमेर भन्दा माथिका मतदाता नामावलीमा नाम छुट व्यक्तिहरुका लागि मंसिर १७ देखि पुस २ गतेसम्म फोटो सहितको मतदाता नामावली संकलन गरिने निर्णय भएको छ ।

समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि सहितको बैठकले मंसिर १७ गते वडा नम्बर १, १८ गते २, १९ गते ३, २० गते ४, २१ गते ५, २२ गते ६, २३ गते ७, २४ गते ८, २५ गते ९ र २६ गते १० नम्बर वडाबासीका लागि मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

ती दिनहरुमा छुट हुनेका लागि मंसिर २७ देखि पुस २ गतेसम्म नामावली संकलन हुनेछ । मतदाता नामावलीको ठाउँसारी सहितको अद्यावधिक कार्यका लागि भनें जिल्ला निर्वाचन कार्यालयमै सम्पर्क गर्नुपर्ने निर्वाचन कार्यालयले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here