लागूऔषध र चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

0
566

विराटनगर।

लागूऔषध मुद्धा र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा लागूऔषध मुद्धाका सुनसरी धरान उप–महानगरपालिका ७ का ४१ बर्षीय नौसाद सिदिकी र चोरी मुद्धाका मोरङ कटहरी गाउपालिका १ का २३ बर्षीय सुरज कामत रहेका छन् । पक्राउ परेका दुवैजनालाई सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

लागूऔषध मुद्धामा सुनसरी जिल्ला अदालतबाट मिति २०७१ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः एक बर्ष एक महिना २४ दिन कैद र रु एक लाख जरिवाना भई लगत नं ७२३२ मा कैद तथा जरिवाना बेरुजूरहि असुल गर्न बाँकी रहेका सिदिकी र चोरी मुद्धामा उच्च अदालत बिराटनगरको मिति २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः एक बर्ष ६ महिना कैद र १५००० रुपैंया जरिवाना भई लगत नं ५८१ मा कैद जरिवाना बेरुजूरहि असुल गर्न बाँकी रहेका कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआईटी बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here