प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण

0
314

दुहागढी ।

प्राथमिक उपचार सम्बन्धी चार दिने प्रशिक्षण शुक्रवारदेखि भद्रपुरमा शुरु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा आइएफआरसीको सहयोगमा तालिम शुरु भएको हो ।

तालिममा कोभिड १९ रेस्पोन्स प्रोग्रामअन्तर्गत पूर्वी नाका काँकरभिट्टामा कार्यरत स्वयम्सेवक, युवा रेडक्रस सर्कलका प्रतिनिधिसहित १६ जनाको सहभागिता रहेको छ ।

प्रशिक्षणमा रेडक्रसकर्मीहरु प्रकाशचन्द्र खरेल, ओमप्रकाश गौतम, डिल्लीराम भण्डारी, भक्तबहादुर वि.क.लगायतले सहजीकरण गरिरहेका छन् ।

प्रशिक्षणको एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटी झापा शाखाका उपमन्त्री एवम् प्राथमिक उपचार समितिका संयोजक विश्व थापाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका ईन्चार्ज हरिशरण खड्का र कार्यक्रम अधिकृत प्रकाश कार्कीले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here