मेची बहुउद्देश्यको १० औं शाखा सुरुङ्गामा

0
399

झापा ।

झापाको दमक रहेको मेची बहुउद्देश्य सहकारी संस्थाले १० औं सेवाकेन्द्र विस्तार गरेको छ ।

क़नकाई नगरपालिकाको सुरुङगामा एक कार्यक्रमका बीच कारोबार शुरु गरेको छ । क़नकाई नगरपालिका–३ का वडाध्यक्ष रुद्र चिमरियाले नयाँ सहकारीले पाइला टेकेकोमा शुभकामना एव्म बधाई दिए ।

संस्थाका अधक्ष्य नारायणप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा छोटो समयमा १५६ जना शेयर सदस्य बनाईसकेको यस सेवाकेन्द्रले सहकारीको कर्मलाई अघि बढाउने बताए ।

कार्यक्रममा संस्थाका शिक्षा तथा तालिम शाखाका कर्मचारीबाट सदस्य शिक्षा तालिम सम्पन्न गरिएको सुरुङ्गा सेवाकेन्द्रका कार्यालय प्रमुख चिरञ्जीवी संग्रौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here