जीओ कृषि एपको प्रशिक्षक प्रशिक्षण

0
515

पथरीशनिश्चरे ।

 

पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकामै पहिलो पटक सञ्चालन भएको जीओ कृषि एप सवै कृषकसम्म विस्तार गर्न एप संचालन प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

लुथरन सामुदायिक कल्याण समाजको आयोजनामा भएको तालिमको समापनका अवसरमा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा कृषि क्षेत्रको प्रर्वद्धनमा प्राविधिक हिसावले नेपालकै नविन काम भएको उल्लेख गर्दै यहाँका कृषकलाई उत्साहित तुल्याउने काम भएको बताउनुभयो ।

लुथरनले जिओ कृषिको कार्यालयमा इ- चौतारी निर्माणका लागि सो अवसरमा एउटा एलइडी टीभी प्रदान गरेको थियो भने प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा जिओकृषिका सहकर्ता हेमचन्द्र दहाल, लुथरनका तर्फबाट जिओ कृषिका फोकल पर्सन उमेश दनुवारले तालिमको सहजिकरण गर्नुभयो ।

लुथरनका कार्यक्रम सुपरिवेक्षक गोपाल सोरेन, तालिम प्रशिक्षार्थी टंकप्रसाद फुयाँल र मीना तामाङले कार्यक्रमको प्रभावकारिताका बारेमा मन्तव्य व्यक्त गर्नुभयो । तालिममा १० वडाकै कृषि सञ्जालका २,२ जना र कृषक समूहका गरी २८ जनाको सहभागिता रहेको थियो ।

पहिलो वर्ष ५ सय कृषकलाई एपमा जोड्ने र कृषि बाली फसलको जानकारी, रोग तथा उपचारको विधिका बारेमा एपबाटै सूचित गराउने योजना अनुरुप हालसम्म ५ सय १० जना जोडिइसकेका छन् । हेफर इन्टरनेशनलले पनि यहीखाले कार्यक्रम नगरमा सञ्चालनको तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here