बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

0
354

मोरङ।

बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरीको धरान उप महानगरपालिका(३ का २८वर्षीय केमन खड्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा मिति २०७८ बैशाख १६ गते को सजाय निर्धारण फैसला आदेशले एक बर्ष ६ महिना कैद र नौ लाख ७४ हजार चार सय रुपैंया जरिवाना असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआईटी समुह बिराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कीलाई जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here