चासोक तङ्नामको तयारी शुरु

0
503

आकृति तिम्सिना,
शिवसताक्षी ।

राष्ट्रिय पर्व तथा किराँत लिम्बू समूदायहरुको मौलिक तथा प्राकृतिक पर्व (उघौली पर्व) चासोक तङनाम (चेसोक तङनाम) २०७८ भव्य रुपमा मनाइने भएको छ । बुधबार दुधेको होटेल च्याङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा सार्वजानिक गरिएको हो ।

किराँत याक्थुङ चूम्लुङ शिवसताक्षी झापाको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनमा चासोक तङनाम २०७८को तयारी सुरु गरिएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष वीरवल जवेँगूले बताएका छन् । गत सालहरुमा चासोक मेलाको रुपमा मनाइदै आएको चासोक तङनाम कोभिड – १९ (कोरोना भाइरस )को तेस्रो भेरियन्ट ओमिक्रोनका कारण यस पटक पौष ४ गते १ दिन मात्र मनाइने बताइएको छ ।

एक दिनमात्र उत्सवका रुपमा मनाइने कार्यक्रममा यस भन्दा अघि गरिएको कार्यक्रम जस्तै सबै बिधालाई समेटिने समेत सम्मेलनमा बताइएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राई र राष्ट्रिय हास्य कलाकार भरतमणि पौडेलको बेजोड प्रस्तुती रहने छ । पत्रकार सम्मेलनमा १० लाख खर्च हुने बताइएको छ भने उक्त खर्च देश तथा विदेशमा रहेका व्यक्ति तथा स्थानीय स्तरका दाताहरुबाट संकलन गरिने बताइएको छ ।

२०७३ बाट लिम्बू समूदायको सामूहिक संस्था याक्थुङ नालीफुङ्वा चुम्बोले विश्व व्यापिकरण गर्दै आएको चासोक तङ्नाममा प्रदेश नं १ का समूदायहरुको जमघट हुने छ भने उक्त कार्यक्रममा भारतको दार्जेलिङ सिक्किबाट समेत उपस्थिति रहदै आएको बताइएको छ । चासोक तङनामको भव्य तयारीका लागि १९ वढि विभिन्न मूल उप–समिति गठन गरिएको छ । जस अनूसार आर्थिक संयोजकमा सूर्य योङया , प्रचार प्रसार संयोजकमा सन्तोष थोप्रा , केलाङ संयोजकमा डिल्लीलाल फेम्बु , स्वयम सेवक संयोजकमा अभिशेक केदेम रहेका छन् ।

त्यस्तै कलाकार बिभाग संयोजकमा सन्तोष थोप्रा , प्रसाद वितरण संयोजकमा कमला आङ्देम्बे र शोभा लिम्बू , मञ्च व्यवस्थापन संयोजकमा अमर लिम्बू ,स्टल र लाइटिङ विभाग संयोजकमा शर्मिला राई , फेदाङ्मा तथा सेवासाँवा व्यवस्थापन संयोजनमा महेश्वर खेवा , क्याट्रिङ तथा खाना व्यवस्थापन संयोजकमा सोराहाङ योङहाङ रहेका छन् ।

त्यस्तै साउण्ड सिस्टम व्यवस्थापन संयोजकमा बीरबल जवेगु ,प्रेस संयोजक सेलिङ केसी , यातायात व्यवस्थापन संयोजकमा शिशिर तुम्बापो , स्थानीय कलाकार व्यवस्थापन संयोजकमा साजन फागो , टेण्ट ,गेट, स्टेज व्यवस्थापन संयोजकमा रोशन थोप्रा,अतिथि सत्कार व्यवस्थापन संयोजकमा पवित्रा लिम्बू,पःलुङ लि तोङ व्यवस्थापन संयोजकमा किरण लिङ्देन ,किनमेल व्यवस्थापन संयोजकमा विक्रम तुम्वापो ,मौलिक घर व्यवस्थापन संयोजकमा विक्रम वनेम फागो ,महिला व्यवस्थापन संयोजकमा पार्वता सेलिङ रहेका छन् भने मूल समितिमा किराँत याक्थुङ चुम्लुङका शिवसताक्षी अध्यक्ष बीरबल जवेगु रहेका छन् ।

प्रदेश १ स्तरीय चासोक तङनाममा धान नाच मेला केलाङ माङलाङ मेला ,छेलो प्रतियोगिता ,धनुकाण पतियोगिता समेत हुने बताइएको छ । किराँत याक्थुङ चुम्लुङका अध्यक्ष वीरवल जवेँगुको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनको सञ्चलान सचिव प्रेम शेर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here