दुई कर्मचारीविरुद्ध यौन दुव्र्यवहारको उजुरी

0
523

नेपालगञ्ज,

बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।

कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुव्र्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाउनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले खराल र सुनारमाथि यौन दुव्र्यवहारको उजुरी परेको पुष्टि गर्नुभयो ।

यौन दुव्र्यवहारको आरोप लागेका कर्मचारीमध्ये खराललाई बाँकेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ भने अर्का कर्मचारी सुनार जिल्ला बाहिर रहेको जनाइएको छ । घटनाको वास्तविक कुरा अनुसन्धानबाट थाहा हुने र सोहीबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको दाबी गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here