त्रिशला गुरुङको ‘तिम्रो जस्तै’

0
749

झापा ।

मानिसहरुलाई हत्या हिंसा गर्नु हुदैन, हरेक जनावरको पनि मानवको जस्तै मन हुन्छ भन्ने सन्देशसहित गायिका डा.त्रिशला गुरुङको आवाजमा ‘तिम्रो जस्तै’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

जनवारलाई काट्दा हामीलाई जस्तै दुख्छ भन्ने कुराको सन्देश दिन खोजिएको छ । उक्त गीतले सबैलाई प्रेरणा दिएको छ । काठमाण्डौंको नाँच घरमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कृष्ण गुरुङ ‘बोधिस्वत’ को शब्द रहेको गीतमा बि बि अनुरागीको संगीत, श्याम स्वेत रसाइलीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ । भिडियोमा स्वामी सुवास चन्द्र, उपसना नेम्बाङ् र प्रेरणा थापाको अभिनय रहेको छ ।

भेगन गुरुको प्रस्तुति रहेको गीतको भिडियोलाइ कविराज गहतराजले निर्देशन गरेका छन् । बालकृष्ण थारुको कथा रहेको भिडियोलाइ रुपेश थापाले खिचेका हुन भने सम्पादन अर्जुन जीसीले गरेका हुन्।

त्यस्तै मेकअप सरोज पाण्डे, हेयरमा प्रिया रोक्का र सह–निर्देशकको रुपमा साजन थापा रहेका छन्। उक्त गीतमा कृष्ण गुरुङ ‘बोधिस्वत’को लगानी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here