सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

0
199

विराटनगर।

मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार सोही स्थानका ३४ बर्षीय मुन्ना कुमार साहनी घाईते भएका थिए ।

सहनीको कोशी अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको थियो । ट्याकटर र चालक सोही स्थानका १९ बर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।

त्यस्तै मोरङकै बुढिगंगा गाऊपालिका २ टंकीमा दक्षिणतर्फ जाँदै गरेको प्र-१-०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिबाईडरमा ठक्कर खाई दुर्घट्ना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारेका २६ बर्षीय सुरज खनाल घाईते भएका थिए ।

उनको बिराट मेडिकल कलेज टंकीमा उपचारको क्रममा मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here