सिम्रिक सहकारीको नाफा २ करोड ४८ लाख

0
575

झापा,  सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–४ को ११ औं बार्षिक साधारणसभा शनिवार बिर्तामोडमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गृह राज्यमन्त्री तथा पूर्व राष्ट्रिय सहकारी महासंघ अध्यक्ष दीपक प्रकाश वाँस्केटाको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले गरेको कार्यक्रमको सञ्चालन विभागीय प्रमुख प्रेम बस्नेत (विजय) ले सञ्चालन गरेका थिए ।

झापा, मोरङ र इलाममा ३३ वटा सेवा केन्द्र रहेको संस्थामा आर्थिक बर्ष २०७७÷०७८ सम्ममा ३७ हजार ५ सय ६६ जना शेयर सदस्य तथा २४ करोड ६६ लाख २१ हजार ८ सय शेयर पुँजी रहेको अध्यक्ष भट्टराईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सोही कार्यक्रमका विच पत्रकार सन्तोष न्यौपानेलाई नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ ।

संस्थाले बचत संकलन ५ अर्व ६५ करोड ९२ लाख ९८ हजार ६४३ रुपैयाँ, बचत फिता ४ अर्व ८२ करोड १२ लाख ४० हजार २५२ रुपैयाँ, बचतमा रहेको रकम ८३ करोड ८० लाख ५८ हजार ३९१ रुपैयाँ, कर्जा लगानी ३ अर्व ९६ करोड १ लाख ७७ हजार २६८ रुपैयाँ, कर्जा असुली २ अर्व ४० करोड ९१ लाख ४८ हजार ४०९ रुपैयाँ, लगानीमा रहेको रकम २०७७ असार मसान्तसम्म १ अर्व ५५ करोड १० लाख २८ हजार ८५८ रुपैयाँ, जगेडा तथा कोषहरु १२ करोड ६४ लाख ९७ हजार ६१८ रुपैयाँ रहेको अध्यक्ष भट्टराईले प्रस्तुत प्रतिवेदनमा छ ।

त्यस्तै आम्दानी तर्फ २२ करोड २ लाख २५ हजार ५७२ र खर्चतर्फ १९ करोड ५४ लाख १३ हजार ५९२ रुपैयाँ गरी संस्थाले २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ संस्थाले नाफा गर्न सफल भएको प्रतिवेदनमा छ ।

कार्यक्रममा प्रमुख अतिथि वाँस्कोटा, प्रदेश नं. १ सहकारी रजिष्ट्रार बलराम निरौला, बिर्तामोड नगरपालिका उपमेयर पवित्रा महतरा प्रसाई, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्य, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here