कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

0
597

झापा, नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमितिमा सभापतिका लागि ६ जनाले उमेदवारी दिएका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवासहित सभापतिमा ६ जनाको उमेदवारी परेको हो । देउवासँगै विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका हुन् ।
उपसभापतिमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, विजय गच्छदार र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै महामन्त्री पदमा डा मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै सहमहामन्त्री पदमा २० जनाको उम्मेदवारी परेको छ । जसमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्र प्रसाद चौधरी, देवराज चालिसे, रञ्जीत कर्ण, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोर सिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्दाङम्बे, जीवन बहादुर शाही, चेतराज बजाल, शेख वकिल, उमाकान्त चौधरी, डीना (महालक्ष्मी) उपाध्याय रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here