निःशुल्क पशु स्वास्थ्य शिविर संचालन

0
399

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे- ९ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा कार्यालयको १ लाख रुपैयाँ बजेटमा सम्पन्न शिविरमा ६ सय ६८ घरधुरीका १३ हजार ६ को मेडिकल उपचार, १ सय ५६ को माइनर सर्जिकल उपचार र २ सय ४१ को गाइनोक्लोजिकल गरी १३ हजार ३ सय ७६ पशुको उपचार भएको छ ।

जसमा ७ सय १४ गाई, २ सय १२ भैंसी, २ हजार ८ सय ७० बाख्रा, ३ हजार ५ सय ४७ बंगुर, २४ ककुर, ५ हजार ९ सय ८ कुखुरा र १ सय १ वटा हाँस रहेको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जानकारी दिनुभयो । वडाध्यक्ष भानुभक्त राई सहितको उपस्थितीमा शिविर सम्पन्न भएको थियो ।

मंसिर २७ गते वडा नम्बर ८ ले र पुस २ गते वडा नम्बर ७ ले निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ भने नगरपालिकाको कार्यक्रमका रुपमा वडा नम्बर ३ र १० मा समेत सोही शिविर हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here