बिर्तामोडमा कार र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

0
843

बिर्तामोड ।

झापाको बिर्तामोड–२ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

रामचोकको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको बा १९ च ४०५ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गएको ना २० प २१८८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवारी शिवसताक्षी नगरपालिका ५० वर्षीय नारायण भण्डारी गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते भण्डारीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज साँझ मुत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । तिब्र गतिका कारण सवारी दुर्घटना भएको बताइएको छ । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here