निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाले सेवा लिए

0
459

भद्रपुर।

वीरता लेडी जेसीज बिर्तामोड झापाको आयोजनामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

विर्तामोड स्थित बी एण्ड सी हस्पिटलको प्राविधिक सहयोग र महिला आदर्श सेवा केन्द्र झापाको स्थानिय संयोजनमा शिविरको आयोजना गरिएको हो।

आदिवासीको बाहुल्य क्षेत्र रहेको भद्रपुर ४ स्थित रङ्गे डाँडामा सम्पन्न स्वास्थ्य शिविरमा ६ वटा विभागहरुको नि शुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।


जसमा स्त्री तथा प्रसूति रोग , नाक कान घाँटी रोग ,छाला तथा यौनरोग विशेषज्ञ फिजिसियन,हाड जोर्नी तथा नशा रोग,तथा दन्त रोग विशषज्ञ को सेवा उपलब्ध गराइएको थियो भने सेवाग्राहीलाई नि:शुल्क औषधि बितरण गरिएको थियो।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा भद्रपुर ४ का वडाध्यक्ष हंशधर राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा महिला आदर्श सेवा केन्द्र झापाकी अध्यक्ष राधा कार्की, भद्रपुर जेसीजका निवर्तमान अध्यक्ष डिलीराम पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै ग्रामीण बस्तीको पहिचान भएको मजदुर किशानको क्षेत्रमा संचालित शिविरले लक्षित गर्वले लाभ लिन पाउने धारणा राखेका थिए ।

कार्यक्रम संयोजक संगीता चिमरियाले स्वागत गरेको कार्यक्रममा आस्थावाचन उपाध्यक्ष मेनुका ओलीले र सञ्चालन महासचिव हिमा पौडेल ले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here