सिस्ने नेतेमा गजल संग्रह विमोचन

0
768

झापा ।

अर्जुनधारा—१ सिस्ने नेते स्थित शान्ति चोकमा पदम बहादुर निरौलाको सिर्जना ‘अधुरा सपनाहरु’ नामक गजल संग्रह शनिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

नव प्रतिभा साहित्यिक परिवार अर्जुनधारा—१ ले आयोजना गरेको कृति विमोचन कार्यक्रममा कृतिको समीक्षा साहित्यकार कुमार भट्टराईले गरेका थिए । कृतिभित्रका गजलहरुमा कृतिकारको जीवन भोगाई व्यक्त भएको समीक्षक भट्टराईले बताए । कृतिकार निरौलाको यो पहिलो कृति भएपनि निकै स्तरीय रहेको उनले बताए ।

शिक्षा सेवी कृष्णप्रसाद फुयाँलको अध्यक्षता रहेको कार्यक्रममा स्थानीय बाल प्रतिभाहरु लगायत साहित्यकारहरुले कविता, गजल बाचन गरेका थिए । त्यसैगरी घरदलान साहित्य अभियान बुद्धशान्तिमा आबद्ध साहित्यकारहरुले पनि आ-आफ्ना कविता बाचन गरेका थिए ।

कार्यक्रममा सरस्वती सिटौला, राम बहादुर निरौला, लक्ष्मीप्रसाद खतिवडा, सन्दिप वाग्ले, सुसान्त खनाल, सविना वाग्ले, विष्णु ढकाल, पूर्णचन्द्र विवश, राजेन्द्र रिजाल, डम्बर प्रसाई, बुद्धिसागर ढुङ्गेल, योग प्रसाद, लक्ष्मीप्रसाद रिजाल, भरत सुब्बा, कमल त्यस्तै गरी घरदलान साहित्य अभियान बुद्धशान्तिका गणेश निरौला, बेनुप्रसाद पनेरु, टंक विकल्प, पुरुषोत्तम ढुङ्गेल, हेमन्ता भण्डारी, माधव तिम्सिना, विष्णुप्रसाद पोखरेल, पुष्प काफ्ले, जय भण्डारी, धनबहादुर श्रेष्ठ, प्रकाशचन्द्र न्यौपाने, नन्दकुमार तिम्सिना, डम्बरकुमार प्रधान, अस्मिता धिमाल, कालीबहादुर थापा, भुवन तामाङ, लगायत थुप्रै साहित्यप्रेमीहरुको जमघट रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here