स्वस्थ्य जीवनका लागी योग आवश्यक

0
372

उमानाथ भण्डारी,कमल ।

मानिसमा खानपान र तनावका कारण पछिल्लो समय विभिन्न रोगले सताउन थालेको छ ।

व्यास्त जीवन शैली र खानपानमा विभिन्न प्रकारका फास्टफुडको प्रयोगले यतिवेल मानिसलाई विभिन्न रोगले सताई रहेको छ र यसबाट मुक्ति पाउने एउटा मात्र उपाय भनेको योग रहेको कार्यक्रमका सहभागीले बताउनु भएको छ ।

शनिवार झापाको मेचिनगर ५ स्थित काँकडभिट्ठा बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न पातञ्जल योग समिती नेपालद्वारा आयोजित ३९० घण्टाको आधारभूत योग प्रशिक्षक प्रशिक्षण कार्यक्रम अन्तरगत १०० घण्टाको प्रयोगात्मक कक्षाको उद्घाटनसत्रको कार्यक्रमका सहभागीले यस्तो बताउनु भएको हो ।

योग हाम्रा पुर्खाले सुरुगरेको भएपनि यसलाई पछिल्लो समय यसलाई फरक तरिकाले प्रयोग गर्न थालिएको छ । रोगीकालागी उपचार पद्घती, निरोगीकालागी जिवन पद्धती,विध्यार्थिकालागी क्षमता अभिवृद्धि , खेलाडीकालागी सन्तुलन पद्धती रहेको पातन्जल योग समिती नेपालका उपाध्यक्ष गंगाप्रसाद ढकालले बताउनुभयो ।

मानिसले यतिराम्रो जिवन पाएपनि जिउने तरिका नजानेका कारण समस्या ग्रस्त हुदै गरिरहेको छ । यस्तो अमुल्य जीवन पाएर पनि यसको आत्मसाथ गर्न सकेका छैनौ । परिवारमा एक जना सदस्य विरामी हुनु भनेको सिंगो परिवारका साथै समुदायमा समेत त्यसको असर पर्न सक्छ त्यसैले यसबाट मुक्ति पाउने एक मात्र उपाय योग रहेको काँकडभिट्ठा बहुमुखी क्याम्पस का अध्यक्ष लक्ष्मिप्रसाद उप्रेतीले बताउनुभयो ।

पछिल्लो समय स्कुल र कलेजमा योगको महत्व बढ्दै गैरहेको छ । रोग लाग्नु भन्दा पहिलै आफ्नो शरीरलाई स्वस्थ्य राख्न सक्यौ भने विभिन्न रोग बाट बच्न सकिन्छ । त्यसैले रोग लागेर योगमा धाउनु भन्दा पहिले नै आफ्ना नानीहरुलाई यस तर्फ लाग्न प्रेरित गर्न आवश्यक रहेको पातञ्जल योग समिती केन्द्रिय सदस्य गोविन्दप्रसाद तिवारीले बताउनुभयो ।

कार्यक्रममा १ नम्वर प्रदेश अध्यक्ष केशव ताम्राकार, पातञ्जल योग समिती झापा जिल्ला अध्यक्ष श्याम ल्वागुन, दमक नगर समिती अध्यक्ष हेमन्तिदेवी गजुरेल, सदस्य लीलावन भारती लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम पातञ्जल योग समिती १ नम्वर की कोषध्यक्ष अनिता गुरागाँईले सन्चालन गर्नु भएको थियो भने सदस्य रेखा पराजुलीले स्वगत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here