लागूऔषध सहित तीन जना पक्राउ

0
278

मोरङ।

मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित तीन जनालाई पक्राउ गरिएको छ ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१६ हुलास चौकमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप-महानगरपालिका-४ का २२ वर्षीय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका-१७ मटेरुवाचोकमा सुनसरी धरान उपमहानगरपालिका-१४ का ३२ वर्षीय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाइजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी विराटनगरबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका ५ बलियाबाट मोटरसाइकलमा सवार रहेका केराबारी गाँउपालिका-६ का २१ वर्षीय सागर तमाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुका विरुद्ध थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here