कांग्रेस सभापति देउवालाई सुशील कोइराला फाउन्डेसनको बधाई

0
450

काठमाडौँ,

नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित हुनुभएकामा प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवालाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएको छ ।

फाउन्डेसनका अध्यक्षसमेत रहनुभएका पार्टी महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिमा दोस्रो कार्यकालमा पार्टीभित्र पूर्ण एकता एवं मेलमिलाप कायम गर्दै आगामी तीनै तहको निर्वाचनमा बहुमत दिलाउन सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

पार्टीभित्र सबैलाई मिलाएर लैजाने जिम्मेवारीसमेत सभापतिकै काँधमा रहेकाले आगामी दिनमा आन्तरिक एकता एवं मेलमिलाप कायम गर्न पनि सभापतिलाई सफलता मिलोस् भनी वक्तव्यमा कामना गरिएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्गलबार भएको दोस्रोचरणको निर्वाचनमा देउवा निर्वाचित हुनुभएको थियो । सभापति देउवाको यो दोस्रो कार्यकाल हो । यसअघि विसं २०५९ असारमा नेपाली कांग्रेसबाट विभाजित भई बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति भएर पनि देउवाले काम गरिसक्नुभएको छ । कांग्रेस प्रजातान्त्रिकले विसं २०६४ मा नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here