जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ

0
365

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१० बसपार्कबाट जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका -२ का ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका- ८ का उमेशकुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक पटक गरी नगद एक लाख ७३ हजार रुपैंया रकम ठगी गरेका थिए ।

पक्राउ परेका अर्यालको जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here