रामजानकी कृषि सहकारीको १३ औं बार्षिक सभा

0
414

बिर्तामोड ।

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको रामजानकी कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाले बुधवार बिर्तामोडमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी अभियन्ता युवराज ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

२९ जना शेयर सदस्य, एकलाख ४१ हजार शेयरपँजी र २ हजार ३ सय १० रुपैयाँ बचत रकमसहित स्थापना भएको रामजानकी सहकारीमा आर्थिक बर्ष २०७७÷०७८ असार मसान्तसम्म ६ हजार २ सय ७० जना शेयर सदस्य र १ करोड ५७ लाख ९९ हजार ८ सय रुपैयाँ शेयरपँजी पुर्याउन सफल भएको अध्यक्ष कार्कीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी संस्थाको कुल तथा बचत १४ करोड ९१ लाख १५ हजार १५ रुपैयाँ ७१ पैसा, कुल ऋण लगानी १५ करोड ७६ लाख २६ हजार ४ सय ४८ रुपैयाँ २३ पैसा, जगेडा तथा अन्य कोष ८० लाख ३ हजार ९ सय ४४ रुपैयाँ ९९ पैसा, बित्तिय लगानी १० लाख १४ हजार ७ सय रहेको प्रतिवेदनमा छ । अघिल्ले बर्षको तुलनामा यस बर्ष ५४.५३ प्रतिशतले बृद्धि गरेर करकट्टी अघिको कुल मुनाफा २५ लाख ३१ हजार २ सय ९२ रुपैयाँ ४ पैसा गरेको अध्यक्ष कार्कीको प्रतिवेदनमा छ ।

त्यस्तै संस्थाको स्थिर सम्पत्ती ४० लाख ३० हजार २ सय ४४ रुपैयाँ ५२ पैसा, कुल वासलात १८ करोड ९१ लाख ४४ हजार ८ सय ६४ रुपैयाँ ७५ पैसा, बाह्य ऋण १ करोड २० लाख १५ हजार ६ सय ५९ रुपैयाँ ९१ पैसा रहेको प्रतिवेदनमा छ ।

बिर्तामोड, सुरुङ्गा, हल्दिबारी, चकचकी, कामटोली, चन्द्रगढी, शनिश्चरे गरी झापाका ७ वटा स्थानमा सेवा केन्द्र रहेको संस्थामा ४१ जना कर्मचारी रहेको संस्थाका ब्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिए ।

स्वागत संस्थाका उपाध्यक्ष भीमबहादुर थापाले गरेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, गरामनी कृषि सहकारीका अध्यक्ष ताराप्रसाद चम्लागाई, पत्रकार गोपाल काफ्ले, सुरेन्द्र भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले गरेका थिए ।

संस्थाको बन्दसत्र कार्यक्रममा लेखा समिति संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले लेखा प्रतिवेदन र कोषाध्यक्ष जीवन सुवेदीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको ब्यवस्थापक भण्डारीले जानकारी दिए । संस्थाले नाम परिवर्तन गरी रामजानकी बचत तथा ऋण सहकारी संस्था लि. बनाउने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here