जसपाको झापाको अध्यक्षमा दिपेनवाला राई

0
813

दमक,

जनता समाजवादी पार्टी (जसपा) नेपालले जारी राखेको पार्टी संगठन सुढृणीकरण तथा जनजागरण अभियानको (सुज) अन्तर्गत आज सम्पन्न जिल्ला सचिवालय समितिको बैठकले दिपेनवाला राईको अध्यक्षतामा २५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ ।

अभियान अन्तर्गत पार्टी संगठन निर्माण गठन, पूर्नगठन तथा सदस्यता बिस्तार कार्य सञ्चालन गरिआएको र त्यसैक्रममा जिल्लामा पनि पार्टी संगठन शसक्त बनाउन युवा नेता राईको अध्यक्षतामा कार्यकारिणीसंगै ९१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको सुज अभियान झापाका संयोजक समेत रहेका पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले बताए ।

उनले आज प्रेस विज्ञप्ति निकालेर बैठकको निर्णय सार्वजनिक गरि त्यस्तो जानकारी दिईएका हुन् । उनका अनुसार सुज अभियान अन्तर्गत साविक जनता समाजवादी र राष्ट्रिय जनता पार्टीको जिल्ला नेतृत्ववीच पार्टी समायोजन गरि जसपा झापाको कार्यकारिणीसहित जिल्ला समन्वय समिति गठन गरिएको छ ।

बैठकले जिल्ला नेतृत्वलाई समेटर गठन गरिएको कार्यकारिणी समितिको सदस्यहरुमा विरवहादुर श्रेष्ठ, सन्तोष गणेश, संगीता रौनियर, सिवन सोराली मगर, गोकुल हुमागाई, पुष्प पौडेल, अर्जुनकुमार राई, राजु खड्का, बुद्ध बराईली, सनम राजवंशी, ध्रुव श्रेष्ठ रहेका छन् ।

यसैगरि, कार्यकारिणी समितिको सदस्यहरुमा हर्कराज खालिङ्ग, ज्ञानेन्द्र लिम्बू, भोजकुमार राई, बाल्मिकी चौधरी, जीवन चौहान, प्रेम प्रसाद लुईटल, शतिस साह, कुमार थापा, कृष्ण कटटेल, दिपक न्यौपाने, पात्र धिमाल, राजकुमार साह र पवन शर्मा रहेका छन् ।

गठित कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई केहिदिन भित्र पार्टीका केन्द्रीय नेतृत्वको उपस्थितिमा घोषणा तथा सपथग्रहण कार्यक्रम गरिने विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here