प्रदेश समितिमा झापाका माओवादी युवा नेताको दावी

0
658

बिर्तामोड। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. १ को अध्यक्षमा मणिकुमार साम्पाङ राई (विजय) ले दावी गरेका छन् ।

मंसीर २५ र २६ गते मोरङको विराटचौकमा सम्पन्न माओवादी केन्द्र प्रदेश १को अधिवेशनबाट नेतृत्व छान्न नसकेपछि माओवादीले २७१ जनाको समिति चयन गरेको थियो । समितिबाटै पदाधिकारी चयन गर्ने माओवादीको विधानमा व्यवस्था छ ।

यसअघि अध्यक्षमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले दाबी गरेका थिए । तीनै जनाबीच अध्यक्ष को बन्ने भन्नेमा सहमति नभएपछि प्रदेश सदस्यहरुबाटै नेतृत्व छान्ने गरी उनीहरुबीच सहमति भएको थियो ।

वुधवार विराटनगरमा बसेको बैठकले आगामी पुस ७ गते बस्ने समितिको बैठकबाट नेतृत्व छान्ने गरी कार्यदल गठन गरी सुझाव पेश गर्न भनिएको छ । पार्टीका प्रदेश सहइञ्चार्ज अजम्बर काङ्माङको नेतृत्वमा बनेको कार्यदलका सदस्यहरुमा सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन) रहेका छन् ।

कार्यदल बनेसँगै माओवादीको पदाधिकारीमा दाबी गर्नेहरुको संख्या बढिरहेको छ । यसअघि नै प्रदेश अध्यक्षका लागि हर्कबहादुर नेम्वाङ, मुक्साहाङ मेन्याङ्बो, शिवकुमार डाँगी र हेम कार्कीले दाबी गरेका थिए । उपाध्यक्षमा भोगेन्द्र यादव, सचिवमा गणेश उप्रेती, मोहनकुमार खड्का, सीपी कडरिया लगायतले दाबी गरेका छन् । सहसचिवमा झापाकै रेवतराज पुरी (गगन) ले दावी गरिरहेका छन् भने कोषाध्यक्षहरुमा दाबी गर्नेको संख्या पनि उल्लेख्य रहेको छ ।

यसअघिको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिन र समावेशिताको क्लष्टर मिलाउन सावित्रीकुमार काफ्लेको नेतृत्वमा र प्रदेश अधिवेशनमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिन धर्मशिला चापागाँईको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल समेत गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here