दुध उत्पादन बढाउन किसान लक्षित कार्यक्रम

0
573

विष्णुप्रसाद पोखरेल,दमक ।

झापाको कमल गाँउपालिकामा सहकारी संस्थाहरुले दुध उत्पादनमा बढवा दिन र पश्ुपालनमा आत्मनिर्भर बनाउनका लागि आफ्ना सदस्यहरुका लागि सहुलियतपुर्ण ब्याजमा ऋण उपलब्ध गराउने देखि लिएर गाई ब्याउदा घरगोठसम्म नै पुग्नेसम्मका कार्यक्रमहरु ल्याएको पाईएको छ ।

कमल गाँउपालिका वडा नं. ५ मा रहेको लगनशील कृषि सहकारी संस्थाका सदस्य भगिवन्त गौतम र देबिगौतम घरमा गाईले दुईवटा बाच्छी पाएपछि सहकारीका अध्यक्ष एलबी विष्टसहित सहकारीको टोली किसानको घरमा गएर ५ केजी क्याल्सियम उपलब्ध गराउदै किसान दम्पतीसंग खुशि साटासाट गरेकाछन् ।

किसान दम्पतीले सहकारीको सदस्य रहेर सहकारीले सञ्चालन गरेको दुध संकलन केन्द्रमा नियमित दुध बिक्री गर्दै आउनु भएको थियो । गौतम दम्पतीले पालन गरेको फुर्की गाईले दोश्रो बेतमा जुम्लिया (दुई वटा) बाच्छिलाई जन्म दिएको थाहा पाएपछि ब्यावशायिक सफलताको शुभकामना दिन आफुहरु त्यहाँ गएको सहकारीका अध्यक्ष बिष्टले बताउनु भयो ।

फुर्की गाईलाई सुत्केरी पोषण बापत ५ लिटर क्याल्सियम गोल्ड पनि उपलब्ध गराईएको उहाँले बताउनुभयो । आफुहरुले किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यले गाईलाई सुत्केरी पोषण कार्यक्रम ल्याएको पनि उहाँले जनाउनु भयो । नियमित संस्थामा दुध उपलब्ध गराउने किसानको घरगोठमा गाईभैसी ब्याएको थाहा पाएको अवस्थामा यसरी पुग्ने हाम्रो कार्यक्रम रहेको छ, उहाँको भनाई छ ।

यसैगरी कमल गाँउपालिका वडा नं. ६ मा रहेको ईन्द्रणी बहुद्धेशिय सहकारी संस्थाले सरकारले कृषिमा दिएको ब्याज अनुदान जस्तै गाई पालन लगायत कृषि ब्यवसाय गर्न चाहाने साना किसानहरुलाई दूईलाख सम्मको ऋणको ब्याज छुट दिने नीति तथा कार्यक्रम साधरणसभाबाट पास गराएको छ ।

सहकारीका ब्यवस्थापक खगेन्द्र भण्डारीका अनुसार अहिले दैनिक किस्ताबन्दिमा ९ दशमलव ५ प्रतिशत ब्याजदर रहेको छ । यसमा गाँईपालक किसानले गाई पालेर संस्थामा नै दुध विक्री गर्न ल्याएको अवस्थामा यसमा ५० प्रतिशत ब्याज अनुदान फिर्ता पाउने ब्यवस्था मिलाईएको छ । पहिलो पटक यस्तो कार्यक्रम ल्याईएको र यसका लागि ५० लाख रुपिया बजेट छुट्याएको पनि उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here