बिर्तामोड, तेजप्रसाद पराजुलीको हत्या सम्लग्न भएको आरोपमा प्रहरीले दमक – १ निवासी २० वर्षीय अर्जुन लिम्बूलाई पक्राउ गर्दै सार्वजनिक गरेको छ । पराजुलीको झापाको दमकस्थित घिमिरे मार्केट गत वुधवार हत्या भएको थियो ।
सामान्य विवादका क्रममा लिम्बूले घिमिरेको हत्या गरेको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको जिल्ला पहरी कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै जनाकारी दिइयो । तीन महिनाअघि उनीहरुबीच सामान्य बिबाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पराजुली दमकको एक फेन्सी पसलमा काम गर्दै आएका थिए । बिना कारण कुटपिट गरेकाले लिम्बूले पराजुलीलाई पानी भर्न गएको अवस्थामा घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।































