गरुवा कपको उपाधि केएफसीलाई

0
747

विमल दहाल

दानाबारी,ईलामको माईमा सञ्चालित प्रथम गरुवा कप नकआउट फुटबल प्रतियोगिताको उपाधि माई(५ को केएफसीले हात पारेको छ।

सोमबार सम्पन्न फाइनल खेलको निर्धारित समयमा सितली एसएफसी र केएफसी बराबरी भएपछी ट्राईवेकरबाट २–४ गोल अन्तरले केएफसीले जित कब्जा गरेको हो ।

विजयी केएफसी कालिखोलाले नगद ५१ हजार रुपैया प्राप्त गरेको छ । उपविजेता सितलीले नगद ३१ हजार रुपैया प्राप्त गरेको छ ।

नमुना युवा क्लब माई नगरपालिकाको आयोजनामा मंसिर २५ गते बाट संचालित प्रतियोगितामा झापा र ईलामका १६ टिमको सहभागिता रहेको थियो । सिजि ब्रुअरीको आधिकारिक डिलर दाजुभाई किरना स्टोर माई(४, नेपाल आईस कम्पनी, मुस्ताङ कम्पनी, स्थानीय समाजसेवी नरकुमार मगर लगायतको प्रायोजन गरेको प्रतियोगितामा बेष्ट गोलकिपर सितली फुटवल टीमका निशन दनुवार, सर्वाधिक गोलकर्ता बिजयी टिम केएफसीका बचन लिम्बु र उत्कृष्ट खेलाडी बिजयी टिमकै मन बहादुर मगर घोषित भएका छन । उनीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन। प्रतियोगिताको बिजेता र उपबिजेतालाई प्रमुख अतिथि र बिशेष अतिथिले पुरस्कार बितरण गरेका थिए ।

आयोजक क्लवका अध्यक्ष मनोज लिम्बुको अध्यक्षता, माई नगरपालिका नगर प्रमुख दिपक कुमार थेवेको प्रमुख आतिथ्यता र लक्षुमण आले, नविन अघिकारी, राम राई लगायतको बिशेष अथित्यतामा प्रतियोगिता सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here