लागुऔषध सहित १ जना पक्राउ

0
402

मोरङ,मोरङको मिक्लाजुङ गाउँपालिका ६ बाट नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ(६ का २६ बर्षिय बिक्रम लावतीको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर फेला परेको हो ।

पक्राउ परेका लावतिलाई नापतौल गर्ने यन्त्र १ थान, को।३२प ७६०२ नम्वरको मोटरसाईकल १ थान, मोवायल १ थान, नगद ५ हजार २५ रुपैया सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here