प्याब्सन झापाको अध्यक्षमा फागो

0
858

झापा, नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) झापाको अध्यक्षमा गौरीमान फागो निर्बिरोध निर्वाचित भएका छन् ।
कमल गाउँपालिका – ३ केरखास्थित लालिमा अंग्रेजी माविका संस्थापक प्रिन्सिपल फागोले यस अघि प्याब्सनको विभिन्न जिम्मेवारी पूरा गरिसकेका छन् ।
प्याब्सन झापाको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा अध्यक्ष पदमा उनको मात्रै एकल उम्मेदवारी परेपछि फागो निर्बिरोध निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा छत्र कार्की, सहसचिवमा भवानी पाठक, लक्ष्मी उप्रेती, इश्वरा श्रेष्ठ र कोषाध्यक्षमा उपेन्द्र निरौला निर्विरोध निर्वाचित भएको प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले जानकारी दिए । अन्य पदमा पुस ७ गते निर्वाचन हुने कार्यक्रम रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here