रोङको महिला स्वयंसेवीकालाइ मोबाइल सञ्चालन तालिम

0
276

गणेश अर्याल

इलाम,महिला स्वास्थ्य स्वयसेवीका हरुले गर्ने रिपोर्टिङलाइ प्रभावकारी बनाउन मोबाइलबाट म्यासेज आदान प्रदान सेवा सुरु भएको छ ।

करुणा फाउण्डेसनको सहयोगमा इलामको रोङ गाउपालिकाका सबै महिला स्वायसेवीकाहरुलाइ मेडिक मोबाइल सफ्टवेयर वाट रिपोटिङ हुन थालेको छ । यो सिस्टममा गर्भवती महिला र सुत्केरी महिलाको बिवरण मोबाइलको म्यासेज मार्फत स्वयसेवीकाले रिपोर्ट गर्न सक्ने ब्यवस्था रहेको छ । यस अघि बाट नै यो सेवा सञ्चालनमा रहे पनि केही परिस्कृत रुपमा परिबर्तन भएकाले यतिबेला धमाधन तालिम दिने काम भइरहेको छ । रोङ गाउपालिकाको कोल्बुङ स्वास्थ्य केन्द्र इरौटार स्वास्थ्य केन्द्र, शान्तिपुर र जिर्मले स्वास्थ्य केन्द्रमा यो सेवा सञ्चालन गरिदैछ । गाउपालिकामा ६८ जना महिला स्वास्थ्य स्वयसेवीका कार्यरत रहेका छन् । प्रत्येक स्वयसेवीकालाइ एक एक थान मोबाइल उपलब्ध गराइएको छ । उपलब्ध भएको मोबाइल बिग्रिएको अन्य मोबाइल बाट पनि यो सेवा सञ्चालन गर्न सकिने रोङ गाउपालिकाको स्वास्थ्य साखाका सम्योजक नरेन्द्र कुमार देबले बताए । बिग्रिको मोबाइल मर्मत गर्ने तथा नया किनेर दिने काम समेतको सेवा उपलब्ध गराउने तयारी भइरहेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here