मानब बेचबिखन तथा महिला हिसा सम्बन्धी गोष्ठी सम्पन्न

0
616

गणेश अर्याल
इलाम, अन्तरदेशीय मानब बेचबिखन रोकथामका लागि कार्यशाला गोष्ठी इलामको रोङ गाउपालिकाको कुटिडाँडामा सम्पन्न भएकोे छ ।

आधुनिक दाशत्व र गरिबी बिरुध्द सामुदायिक नेतृत्व कार्यक्रम अन्तरगत शक्ति समुह नेपालले आयोजता गरेको कार्यशाला गोष्ठीमा जिल्लाका बिभिन्न संघ सस्थाका गरि ३० जनाको सहभागिता रहेको थियो । गोष्ठीमा नेपालको कानुनमा भएको पिडित प्रभाबितहरुको अधिकारको ब्यवस्था र कानुनी प्रावधान, यस सम्बन्धी बिभिन्न कानुन तथा मार्गनिर्देशन लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया भएको शक्ति समुह इलाम जिल्ला अधिकृत खगेन्द्र ढुगांना ले जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय जिल्ला बाल संगठन, गैर सरकारी सस्था महासंघ, कार्यपालिका सदस्यहरु, सूर्योदय नगरपालिकाको शिक्षा साखाका प्रतिनिधि, बिधायन समिति सदस्य, सामाजिक परिचालकहरु ससस्त्र प्रहरी, पत्रकार लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here