सडक दुर्घटनामा मृत्यु

0
500

झापा,
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक नगरपालिका–४ मा सवारी दुर्घटनाहुँदा एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ वर्षीय निर्मल खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी अनुसार गएराति बा ३ ख ८६२७ नं को सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पु¥याइएको र उपचारको क्रममा राति नै मृत्यु भएको थियो ।

प्रहरीले सवारी चालक धनकुटा नगरपालिका– १० का २७ वर्षीय प्रेम कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here