हलेसीले सञ्चालनमा ल्यायो स्कोडा कारको सोरुम, अब बिर्तामोडबाटै सेल्स, सर्भिस र स्पेयर्स पनि

0
651

झापा,झापाको बिर्तामोडमा स्कोडा ब्राण्डको सवारी बिक्रीका लागि सोरुम सञ्चालनमा आएको छ । हलेसी अटोमोबाइल्सले झापा सहित पूर्वी नेपालमा स्कोडाको सवारी बिक्री बितरणसंगै सम्पूर्ण कामको जिम्वेवारी पाएको लिएर सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाई र एमएडब्लू स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका थिए ।
नेपालका लागि युरोपको चर्चित अटोमोवाइल ब्राण्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेट– अफ – द आर्ट थिएस (सेल्स, सर्भिस र स्पेयर्स) शुरु गरेसंगै झापासहित पूर्वी नेपालका सवारीका पारखीले अब स्कोडाको जुनसुकै कार सहजै लिन सकिने बताइएको छ ।
नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लू स्कोडाले आफ्नो डिलर सञ्चालनलाई बिस्तार गरेसंगै झापाको बिर्तामोडमा समेत यसको सोरुम सञ्चालनमा आएको बताइएको छ । ९६ वर्षअघि चेक रिपब्लिकबाट सुरु भएको स्कोडाको कार एमएडब्लूले सन् २००८ बाट नेपालमा स्कोडा कार बिक्री बितरण गर्दै आएको छ ।
‘हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्चालनको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभूति गर्न प्रतिवद्ध छौं ’ एमएडब्लू स्कोडा डिभिजनका कार्यकारी निर्देशक अग्रवालले भने – ‘उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बिर्तामोडमा नयाँ स्टेट– अफ – द आर्ट थिएस सञ्चालनमा ल्याउन पाउँदा खुशी लागेको छ । यसले पूर्वी नेपालमा हाम्रो उपस्थिति बलियो बनाउनेछ ।
स्कोडाको नयाँ डिलर हलेसी अटोमोवाइलले दुई दिनेसम्म विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ समेत गर्ने बताइएको छ । यो अवधिमा स्कोडाकार बुकिङ गर्ने ग्राहकलाई आकर्षक क्यास डिस्काउण्ट, निःशुल्क सडक कर, एक्सचेन्ज बोनसको सुविधा रहेको हलेसी अटोमोवाइल्सका सञ्चालक चुडामणि पौडेलले बताए । उनले सोरुमको औपचारिक उद्घाटन हुनुभन्दा अघि नै ३० वटा कार बिक्री भइसकेकाले आफू उत्साहित भएको बताएका छन् ।
उत्कृष्ठ फिचरमा रहेका स्कोडा कार ३६ लाख ९० हजारदेखि एक करोड ६८ लाखसम्ममा खरिद गर्न सकिने सञ्चालक पौडेलको भनाई छ ।
सोरुम उद्घाटन सत्रमा स्कोडा खरिदकर्ता अम्विका पोखरेल र युवराज न्यौपानेलाई कारको चावी हस्तान्तरण गरिएको थियो ।
सोरुम उद्घाटन समारोहमा कम्पनीका एमएडब्लू ग्रुप डिरेक्टर देवाषिस मित्रा, सेल्स म्यानेजर विजय थापा, डिलर डेभलपमेन्ट मेनेजर आकाश विक्रम थापा र माार्केटिङ म्यानेजर विराज श्रेष्ठको समेत आतिथ्य रहेको थियो । सो समारोहमा कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रसाई सहित नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले व्यवसायिक सफलताको शुभकामना दिएका थिए । सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सञ्चालक रुद्रबहादुर श्रेष्ठले गरेका थिए ।
स्कोडाको सोरुम बिर्तामोड सहित पोखरा, नारायणघाट, विरगञ्ज, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा रहेको बताइएको छ ।

(फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here