जीएट होलो ब्लकको शुभकामना आदानप्रदान कार्यक्रम

0
550

अर्जुनधारा, नजिकिदै गरेको इसाई धर्मावलम्वीहरुको चाड क्रिसमसको अवसरमा झापाको अर्जुनधारा–२ झेलेनीस्थित जीएट होलो ब्लक एण्ड कंक्रिट उद्योगले बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
उद्योगका सञ्चालक प्रेम उपरकोटीको अध्यक्षतामा उद्योग परिसरमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनालले गरेका थिए ।
सोही कार्यक्रममा उद्योगका तीन जना कर्मचारीलाई सम्मानित गर्नुका साथै ३० जना कर्मचारीलाई उद्योगकोतर्फबाट ज्याकेट प्रदान गरिएको उद्योगका प्रबन्ध निर्देशक उमेश उपरकोटीले जानकारी दिए ।
यसरी सम्मानित हुनेहरुमा इमानदार कर्मचारीतर्फ सुनिल कुमाल, नियमित आउने कर्मचारी अन्र्तगत पुरुषतर्फ डम्बरबहादुर कटुवाल र महिलातर्फ गोमा गौतम रहेका छन् ।
नेपाल क्रिस्टियन रेवाइवल चर्चका अध्यक्ष पास्टर एनोस गजमेरले धार्मिक प्रवचन दिएको कार्यक्रममा शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्रिसमस भजनसँगै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त कार्यक्रमको सञ्चालन उद्योगका सहप्रबन्धक मनोज उपरकोटीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here