धनकुटाका माओवादी नेता ढुंगाना पार्टीको प्रदेश सह–सचिवमा निर्वाचित

0
658

 

धनकुटा, नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना (कुसुम) पार्टी प्रदेश कमिटीको सह–सचिवमा निर्वाचित भएका छन् । प्रदेश राजधानी विराटनगरमा आज बिहान सम्पन्न निर्वाचनबाट नेता ढुंगाना माओवादी केन्द्र प्रदेश १ को सह–सचिव पदमा निर्वाचित भएका हुन् ।

३ सह–सचिव पदका लागि १३ जना उम्मेद्वारबीच प्रतिष्पर्धा भएको थियो । नेता ढुंगानासँगै राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश वनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किरातीले सह–सचिव पदका लागि उम्मेद्वारी दिएका थिए ।

२५९ प्रदेश कमिटी सदस्य मतदाता रहेको निर्वाचनमा २४० जनाले मतदान गरेका थिए । निर्वाचनमा नेता ढुंगानाले ९५ मत पाएका छन् । १३ जना प्रतिष्पर्धीसँगै चुनावी मैदानमा उत्रिएका ढुंगानाको पक्षमा ४० प्रतिशत मतदाताले मतदान गरेका हुन् । ढुंगानासँगै कुमारी राई र सागर किराँती पनि सह–सचिवमा निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here