मोरङमा सबैभन्दा बढी सङ्क्रमित

0
696

बिराटनगर,
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ को मोरङ जिल्लामा १५ जनामा कोरोना सङ्क्रमण भएको छ । सोमध्ये विराटनगर महानगरपालिकामा नौ जना छन् । सुनसरीमा दुई, झापा, भोजपुर र सङ्खुवासभामा एक÷एक जना छन् ।

पीसीआरको आधारमा ४३७ को परीक्षण गर्दा २० र १०५ जनाको एन्टिेजन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै नौ महिलासहित १८ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अहिले पनि प्रदेशमा ९८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here